Logo

माओवादी छाडेर एमाले सचिव भएका लेखराज भट्टको रिट श्रेष्ठ र ढुंगानाको इजलासमा



काठमाडौं, २९ वैशाख । सांसद पद पुनर्बहालीको माग गर्दै नेकपा एमालेका सचिव लेखराज भट्टले दायर गरेको रिटको पेसी न्यायाधीशद्वय विश्वम्भरप्रसाद श्रेष्ठ प्रकाशकुमार ढुंगानाको इजलासमा तोकिएको छ ।

नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, संघीय संसद् सचिवालय र निर्वाचन आयोगलाई विपक्षी बनाएर भट्टले दायर गरेको रिटमा सांसद पदबाट मुक्त गराउने निर्णय अन्तरिम आदेशमार्फत बदरको माग गरेका छन् ।

१८ साउन २०७८ मा न्यायाधीश ईश्वरप्रसाद खतिवडाको एकल इजलासले अन्तरिम आदेश दिन भने अस्वीकार गरेको थियो । विपक्षीहरूको नाममा कारण देखाउ आदेश भने जारी भएको थियो ।

२४ चैत २०७७ मा सङ्‍घीय संसद् सचिवालयलाई पत्र लेखेर माओवादी अध्यक्ष प्रचण्डले भट्टसहित सांसदहरू टोपबहादुर रायमाझी, गौरिशंकर चौधरी र प्रभू साहलाई कारबाही गरेको र दल त्याग गरेको जानकारी दिएका थिए ।

प्रचण्डको पत्रको आधारमा २६ चैत २०७७ मा उनीहरू पदमुक्त भएको सूचना संसद् सचिवालयले टाँस गरेको थियो । यही निर्णयविरुद्ध भट्ट १४ साउन २०७८ मा सर्वोच्च पगेका हुन् ।



प्रतिक्रिया दिनुहोस्