Logo

निर्वाचनको सम्पूर्ण तयारी पूरा भयो, सुरक्षाको कुनै थ्रेट छैन् : प्रमुख निर्वाचन आयुक्त थपलिया (भिडिओसहित)



काठमाडौं, २९ बैशाख । प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले भोलि (शुक्रबार) हुने स्थानीय तहको निर्वाचनको सम्पूर्ण तयारी पूरा भएको बताएका छन् । उनले निर्वाचनको सम्पूर्ण तयारी पूरा भएको र अब मतदाताहरुको विवेकको मत संकलन गरेर उम्मेद्धवारहरुको भाग्यको फैसला गर्न बाँकी रहेको स्पष्ट पारे ।

हिजो (बुधबार) राति प्राइम टिभीबाट प्रसारण भएको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै उनले यस्तो बताएका हुन् । उनले निर्वाचन भयरहित वातावरणमा सम्पन्न हुने विश्वास दिलाए ।

उनले निर्वाचनको लागि तीन घेराको सुरक्षा प्रवन्ध मिलाएको जनाए । उनले निर्वाचन मतदानस्थलमा नेपाली सेनाको उपस्थिति मतदाताहरुलाई सुरक्षाको प्रत्याभूति गराउन नै भएको पनि बताए । उनले निर्वाचनमा सुरक्षाको कुनै थ्रेट नभएको पनि जिकिर गरे ।



प्रतिक्रिया दिनुहोस्