Logo

धर्मेन्द्र बास्तोला रिहा भए



काठमाडौं, २९ बैशाख । नेत्रविक्रम चन्द ‘विप्लव’सँग विद्रोह गरेर नयाँ पार्टी गठन गरेका धर्मेन्द्र बास्तोलालाई प्रहरीले रिहा गरेको छ ।

पक्राउ गरेको ७ घण्टापछि उनलाई रिहा गरिएको हो । उनलाई आज (बिहीबार) बिहान ४ बजेदेखि दाङको इलाका प्रहरी कार्यालय भालुवाङमा राखिएको थियो।

चुनाव विथोल्ने कार्यमा संलग्न रहेको आशंकामा उनलाई प्रहरीले पक्राउ गरेको भएपनि त्यस्तो गतिविधिमा संलग्न नभएको पाएपछि रिहा गरिएको ईप्रका भालुवाङले जनाएको छ । file photo



प्रतिक्रिया दिनुहोस्