Logo

निर्वाचनको अघिल्लो दिन कांग्रेसले गर्यो थप ५ जनालाई निलम्बन



काठमाडौं, २९ बैशाख । नेपाली कांग्रेसले स्थानीय तहको निर्वाचनमा पार्टीको विधान र अनुशासन विपरित काम गरेको भन्दै पूर्वसांसद भीमबहादुर श्रेष्ठसहित थप पाँच जनालाई निलम्बन गरेको छ ।

भरतपुर महानगरपालिका–१ घर भएका पूर्वसांसद श्रेष्ठ, भरतपुर–४ घर भएका नेपाल तरुण दलका पूर्व केन्द्रीय सदस्य शम्भु प्रसाद अर्याल, भरतपुर–१६ घर भएका क्षेत्रीय प्रतिनिधि सूर्य बस्नेत, भरतपुर–२ घर भएका तरुण दलका पूर्व जिल्ला सचिव आनन्दराज राउत र भरतपुर–८ घर भएका क्रियाशील सदस्य डा. केशव पौडेललाई पार्टी सदस्यबाट निलम्बन गरिएको जनाइएको छ ।



प्रतिक्रिया दिनुहोस्