Logo

प्रचण्ड र बहावाला मन्त्रीहरुले आर्थिक चलखेल गरेको भन्दै एमाले चितवनको गम्भीर आरोप (विज्ञप्तीसहित)



काठमाडौं, २९ बैशाख । नेकपा (एमाले) चितवनले नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ लगायत बहालवाला मन्त्रीहरूले नै निर्वाचन आचारसंहिताको चरम उल्लंघन गरेको भन्दै पार्टीको गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

चितवन एमालेले बिहीबार विज्ञप्ति जारी गरी मौन अवधिका बीच सरकारी गाडीको दुरुपयोग गरी मतदाता प्रभावित पार्ने र आर्थिक चलखेल गर्ने काम भएको आरोप लगाएको हो । भरतपुरमा आर्थिक चलखेल भएको सूचना प्राप्त भएको भन्दै एमालेले आवश्यक छानबिन गरी उक्त कार्य रोक्न माग गरेको छ ।



प्रतिक्रिया दिनुहोस्