Logo

भारतबाट आयो मोदीको नेपाल भ्रमणको औपचारिक जानकारी



काठमाडौं, २९ वैशाख । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमणको औपचारिक जानकारी आएको छ । आज नेपाल र भारत दुवै देशले यसबारे औपचारिक जानकारी दिएका हुन् ।

भारतको विदेश मन्त्रालयले विज्ञप्ति जारी गरी २ जेठमा लुम्बिनीको औपचारिक भ्रमण गर्ने जानकारी दिएको हो । प्रधानमन्त्री शेरबहादुर देउवाको निमन्त्रणमा बुद्ध पूर्णिमा पारेर मोदी नेपाल आउन लागेको विज्ञप्तिमा उल्लेख छ ।

सन् २०१४ मा प्रधानमन्त्री बनेपछि मोदीले पाचौं पटक नेपाल भ्रमण गर्न लागेका हुन् । मोदीले पवित्र मायादेवी मन्दिरमा प्रार्थना गर्ने बताइएको छ । उनले लुम्बिनी विकास कोषद्वारा आयोजित सभालाई समेत सम्बोधन गर्ने तय भएको छ ।

मोदीको भ्रमणले भारतको छिमेक प्रथमको नीति अनुसार दुई देशबीच उच्च तहको आवतजावतलाई निरन्तरता दिने भनिएको छ ।



प्रतिक्रिया दिनुहोस्