Logo

वडावडामा पैसा बाड्दै एमाले, वडाध्यक्षका उम्मेदवार रंगेहात पक्राउ



लमजुङ, २९ बैशाख । मौन अवधिमा मतदाता प्रभावित पारिरहेको अवस्थामा लमजुङमा एमालेका वडाध्यक्षका उम्मेदवार शिवप्रसाद जोशीलाई स्थानीयले रंगेहात पक्राउ गरेका छन् ।

लमजुङको बेँसीसहर नगरपालिका–११ रामचोकबेँसीको बस्तीमा पैसा बाँड्दै गरेको अवस्थामा स्थानीय शिव सेढाईंको समूहले जोशीलाई बुधबार राति साढे १० बजेको समयमा फेला पारेको हो ।

उम्मेदवारले मतदातालाई लुकिछिपी पैसा दिएर, अन्य प्रलोभनमा पारेर भोट मागेको थाहा पाएपछि जोशीको साथबाट १ लाख ३५ हजार रुपैयाँसहितको झोला, मोटरसाइकलको साँचो, पैसा बाँडेको नामावली भएको डायरी र अन्य कागजपत्र नियन्त्रणमा राखिएको स्थानीय अनिता सेढाईंले बताइन् ।



प्रतिक्रिया दिनुहोस्