Logo

मुस्लिम आयोगका अध्यक्ष अन्सारीको पत्रकार सम्मेलन आयोगकै कार्यालयमा



काठमाडौं, २९ बैशाख । मुस्लिम आयोगका अध्यक्ष समिम मियाँ अन्सारीले आफूमाथि लागेको आरोपबारे प्रकाश पार्न पत्रकार सम्मेलन गर्दैछन् ।

उनले हिमालय होटेलमा पत्रकार सम्मेलन गर्न लागेका थिए । तर, त्यहाँ पत्रकार सम्मेलन नगरेर उनले आयोगको कार्यालयमा नै पत्रकार सम्मेलन गर्ने भएका हुन् ।

उनीमाथि जनकपुरमा मतदाता प्रभावित गर्न भूमिका खेलेको आरोप लागेको थियो ।

उनी सिताशरण होटेलबाट प्रहरीको सहयोगमा विमास्थल पुगेका थिए । र, त्यहाँबाट काठमाडौं आएर पत्रकार सम्मेलन गर्न लागेका हुन् ।

 



प्रतिक्रिया दिनुहोस्