Logo

विजय गच्छेदार के गर्दैछन्



काठमाडौं, २९ वैशाख । नेपाली काँग्रेसका प्रभावशाली नेताहरु निकै सक्रिय छन् । विभिन्न जिम्मेवारी लिएर स्थानीय निकायमा पार्टी र गठबन्धनका उम्मेदवारलाई जिताउन खटिएका छन् ।

काँग्रेसका प्रभावशाली नेताहरुमध्ये विजयकुमार गच्छेदार भने कमैमात्र सार्वजनिक रुपमा देखिन थालेका छन् । काँग्रेसको महाधिवेशनमा झीनो मतान्तरले उपाध्यक्षको चुनाव हारेका गच्छदारले निकटस्थहरुलाई चुनावमा निकट दिलाउन भने सफल भएका छन् ।

गच्छेदारले प्रदेश १ को सुनसरीका अलावा मधेश प्रदेश र लुम्बिनी प्रदेशमा आफूसँगै काँग्रेससँग एकीकरणमा आएकाहरुलाई पालिकाको मुख्य पदहरुमा टिकट दिलाउन सके । गच्छेदार निकटस्थहरुले टिकट पाउन सफल पनि भए । यसबाट उनले आफ्नो प्रभाव देखाउन सके ।

गच्छेदार कमैमात्र सार्वजनिक रुपमा बोल्छन् । उनी मिडियामा पनि कमै आउँछन् । चुनावमा पनि उनले यस्तै शैली अपनाए । उनी आफू निकटस्थहरुलाई चुनाव जिताउन निकै लागिपरेका छन् ।-File Photo



प्रतिक्रिया दिनुहोस्