Logo

किन नेपाल आइरहन्छन् मोदी



काठमाडौं, २९ वैशाख । नरेन्द्र मोदी एकै कार्यकालमा सबैभन्दा बढी नेपाल भ्रमण गर्ने भारतका प्रधानमन्त्री बनिसकेका छन् । उनले पहिलो कार्यकालमै ४ पटक नेपाल भ्रमण गरे ।

सन् २०१४ मा प्रधानमन्त्री भएलगत्तै मोदीले छिमेक प्रथमको विदेश नीति अगाडि सारे । उनले सुरुमा भुटानको भ्रमण गरेर नेपाललाई दोस्रो गन्तव्य बनाए ।

मोदीले नेपाल भ्रमण गर्दा निकै तारिफ भयो । पशुपतिनाथको दर्शन गरे । नेपाली टोपीमा देखिएका मोदीलाई नेपालीहरुले निकै मन पराए ।
संसदमा मोदीले गरेको भाषण ऐतिहासिक बन्यो । उनले भावुक हुँदै दिएको मन्तव्यबाट नेपालका नेता देखि जनतासम्म प्रभावित भए । उनले सांस्कृतिक सम्बन्धको विषयलाई जोडतोडले उठाए ।

मोदी युवावस्थामै नेपाल घुमेका थिए । उनले भक्तपुरको गल्ली देखि मुक्तिनाथको कठिन उचाईलाई जानेका थिए ।

मोदी सार्क सम्मेलनमा पनि नेपाल आए । बिमस्टेक शिखर सम्मेलनमा पनि भाग लिन नेपाल आए ।

जनकपुरधाममा सिधै पुगेर मोदीले सन् २०१८ मा नेपाल भ्रमण गरेका थिए । उनको जनकपुरधाममा नागरिक सम्मान भयो । मुक्तिनाथको दर्शन गरे । यसरी मोदीले धार्मिक तथा सांस्कृतिक कूटनीति अबलम्बन गरे ।

मोदी फेरि नेपाल आउने तय भएको छ । उनी बुद्ध पूर्णिमा पारेर नेपाल आउने भएका छन् । मोदीले लुम्बिनी आउने इच्छा धेरै अघि गरेका थिए । बुद्ध पूर्णिमाको साइत पारेर नेपाल आउने तय भएको छ ।

मोदी आखिर किन नेपाल आइरहन्छन् ? ९ वर्ष प्रधानमन्त्री बनिसकेका मोदी ५ पटक नेपाल आउने किर्तिमान बनाउँदैछन् ।

उनी नेपालमा युवावस्थामै आएर घुमेका थिए । उनले प्रधानमन्त्रीका रुपमा नेपाल आउँदा फकिरको रुपमा घुमेको खुलाइसकेका छन् । धार्मिक यात्रा धेरै गरेका थिए । नेपाललाई प्रकृतिको अनुपम उपहारका रुपमा वर्णन गरेका छन् । नेपालप्रति उनको भावनात्मक सम्बन्ध पनि देखिन्छ । यसकारण पनि उनलाई नेपालले तानिरहन्छ ।-File Photo



प्रतिक्रिया दिनुहोस्