Logo

निर्भयतापूर्वक विवेकसम्मतरूपले मतदान गर्न गृहमन्त्रीको अपिल



काठमाडौं, २९ वैशाख । गृहमन्त्री बालकृष्ण खाणले निर्भयतापूर्वक विवेकसम्मतरूपले मतदान गर्न अपिल गरेका छन् ।

आफ्नो टोल, गाउँ र नगर विकासका लागि सक्षम प्रतिनिधि छनोटका लागि आफ्नो अमूल्य अभिमत प्रदान गर्न बिहीबार उनले अपिल गरेका हुन् । भोलि स्थानीय तह निर्वाचन हुँदै छ।

स्वच्छ, निष्पक्ष धाँधलीरहित र शान्तिपूर्ण तरिकाले भयमुक्त वातावरणमा निर्वाचन सम्पन्न गर्न सरकार प्रतिबद्ध रहेको उनले अपिलमा उल्लेख गरेका छन् ।

‘संघीय लोकतान्त्रिक गणतन्त्रलाई जनताको पक्षमा मजबुत पार्दै विधिको शासनलाई सुदृढ बनाई निर्वाचनको माध्यमबाट जनतालाई सशक्त बनाउँदै जनस्तरसम्म शान्ति, स्थिरता, समृद्धि र सुशासन कायम गर्दै विकासको प्रतिफल जनताको घर आँगनसम्म पुर्‍याउन निर्वाचनमा सक्रियरूपमा सहभागी भइदिनुहुन सम्पूर्ण मतदाताहरूलाई विनम्रतापूर्वक आग्रह गर्दछु’ उनले भनेका छन् ।

मतदाताको अभिमतले देश र देशबासीको समृद्धिमा सहयोग पुर्‍याउने उनले विश्वास लिएका छन् ।



प्रतिक्रिया दिनुहोस्