Logo

आज देशैभरि स्थानीय तहको निर्वाचन



काठमाडौं, वैशाख ३०। आज देशैभरि स्थानीय तह निर्वाचन हुँदै छ । नयाँ संविधानअनुसार स्थानीय तहका लागि यो दोस्रो निर्वाचन हो ।७५३ स्थानीय तहका प्रमुख, उपप्रमुख, वडाअध्यक्ष र उपाध्यक्षसहितको पदमा निर्वाचन हुन लागेको हो ।

त्यसैगरी ६ हजार ७४३ वडाध्यक्षका लागि पनि निर्वाचन हुनेछ । कुल ३५ हजार २२१ सदस्य निर्वाचनबाट चुनिनेछन् । निर्वाचनमा कुल १ लाख ४१ हजारभन्दा बढी उम्मेदवार प्रतिस्पर्धामा छन् ।

निर्वाचन आयोगका प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले मतदातालाई स्थानीय तहका जनप्रतिनिधिका लागि हुने मतदानमा पद, पैसा र पहुँचबाट प्रभावित नहुन अपील गरेका छन् ।

निर्वाचनको तयारी पूरा भएकोबारे जानकारी दिन बिहीवार आयोजित पत्रकार सम्मेलनमा उनले प्रलोभनमा नपरी मतदान गर्न मतदातालाई आह्वान गरेका छन् । मतदानको अघिल्लो दिन १८ वर्ष पुग्ने सबै नागरिकलाई मतदानको अधिकार रहेको छ ।



प्रतिक्रिया दिनुहोस्