Logo

युद्धनायक बने खलनायक



श्रीलंकामा दशकौं लामो गृहयुद्ध हिंसात्मक सैनिक कारबाहीबाट अन्त भयो । तालिम विद्रोहीको पृथकतावादी सशस्त्र गतिविधि अन्त गर्न सैनिक कारबाहीका बेलामा तत्कालीन राष्ट्रपति महिन्दा राजापाक्षेले जोखिम मोलेका थिए ।

अन्तर्राष्ट्रिय समुदायको दबाबका बाजुद राजापाक्षेले कठोर कदम चाले । युद्धको समस्या भोग्दै आएको श्रीलंकामा हिंसात्मक कदमबाट शान्ति ल्याउन सके राजापाक्षेले । उनी श्रीलंकाको इतिहासका नायकका रुपमा प्रस्तुत गरिए ।

राजापाक्षेले युद्धपछिको चुनावमा भारी मतले जीत हासिल गरे । उनको परिवार नै शासनसत्तामा हावी भयो ।

राष्ट्रपतिमा भाई गोटाबाया राजापाक्षे निर्वाचित भए । क्याबिनेटको महत्वपूर्ण पदहरुमा राजापाक्षे परिवार नै हावी भयो ।

देशभित्र शक्तिशाली बनेका राजापाक्षेको अन्तर्राष्ट्रिय क्षेत्रमा पनि उचाई बढ्यो । उनले महत्वकाक्षी योजनाहरु अगाडि सारे । विशेषगरी चीनको बीआरआईमा आवद्ध बने । महङ्गो ब्याजमा चीनबाट ऋण लिएर पूर्वाधार विकासमा लगाउन राजापाक्षे परिवारले भूमिका खेल्यो ।

कोरोना भाइरसको महामारीसँगै श्रीलंकाको पर्यटन व्यवसाय खस्कियो । त्यसमाथि विदेशी ऋणको भार थियो । श्रीलंका चरम आर्थिक संकटबाट गुज्रियो ।

इन्धन खरिद गर्न पैसा भएन । यतिसम्मकी परीक्षाको कागज किन्न नसक्ने हालतमा पुग्यो । खाद्य संकट गहिरियो ।

श्रीलंकामा सरकारविरोधी प्रदर्शन हुनथाल्यो । राष्ट्रपति गोटाबाया राजापाक्षे, प्रधानमन्त्री महिन्दा राजापाक्षेको पुख्यौली घरमा आगजनी भयो । हिंसा भड्कन थाल्यो । सांसदहरु नै मारिए ।

भोक र अभावले जनतामा आक्रोश बढ्यो । स्थिति अनियन्त्रित भएपछि महिन्दा राजापाक्षेले प्रधानमन्त्रीबाट राजीनामा दिए । उनलाई एयरलिफ्ट गरेर नौसैनिक अखडामा लानुपर्यो ।

कुनैबेला युद्धनायक बनेका महिन्दा राजापाक्षे एकाएक खलनायक सावित भए । उनी नागरिकबाट नै असुरक्षित बने । एजेन्सीको सहयोगमा



प्रतिक्रिया दिनुहोस्