Logo

मतदानपछि केशब स्थापित भन्छन्–आज मतदान प्रभावित गर्न पाईँदैन, सूर्यतिर हेर्ने नमस्कार गर्ने अनि मतदान गर्ने (भिडिओसहित)



काठमाडौं, ३० बैशाख । काठमाडौं महानगरका मेयरका उम्मेद्धवार केशब स्थापितले आज मतदान प्रभावित गर्न नपाईने बताएका छन् । उनले आम मतदाताहरुलाई सूर्यतिर हेरेर नमस्कार गर्ने र मतदान गर्न पनि आग्रह गरेका छन् ।

आफूले मत हालेपछि मिडियाकर्मीहरुससँग कुरा गर्दै स्थापितले यस्तो बताएका हुन् । उनले भने,‘घामतिर फर्कने, अनि मनन गर्ने, पूनर्जागरण सुरु भएको छ। आज मतदान प्रभावित गर्न पाईँदैन् । सूर्यतिर फर्कने, नमस्कार गर्ने अनि मतदान गर्ने अनि घरमा आराम गर्ने ।”

https://www.facebook.com/RishiDhamalaOfficial/videos/1027792698166822

उनले आफूले मतदान गरेपछि आनन्दित फिल गरेको पनि सुनाए। उनले भने,‘आनन्द फिल गरेको छु, एकदमै तरंगित, अनि प्रशान्त है । कोमलको फूलजस्तो, अप्ठ्यारा छन्, किरा अनि फट्यांग्रा होलान्, तपाईको कर्म त्यहीबाट उत्पादन गर्ने हो ।’



प्रतिक्रिया दिनुहोस्

Screenshot