प्रधानमन्त्री देउवाले मतदान गरे


डडेल्धुरा, ३० वैशाख । प्रधानमन्त्री शेरबहादुर देउवाले मतदान गरेका छन् ।

कांग्रेस सभापतिसमेत रहेका देउवाले गन्यापधुरा गाउँपालिकाको रुवाखोलास्थित असिग्राम मावि मतदान केन्द्र ‘ख’ बाट मतदान गरेका हुन् ।

मतदानका लागि प्रधानमन्त्री देउवा शुक्रबार बिहानै धनगढीबाट डडेल्धुरा पुगेका थिए ।