Logo

प्रचण्डले हार स्विकारेको बादलको आरोप, सूर्य चिन्हको जित भैसकेको दाबी



काठमाडौं, ३० बैशाख । नेकपा (एमाले) का उपाध्यक्ष तथा पूर्व गृहमन्त्री रामबहादुर थापा ‘बादल’ ले स्थानीय तहको निर्वाचनमा प्रचण्डले हार स्विकार गरिसकेको टिप्पणी गरेका छन् । बादलले चितवनमा मतदान गरेपछि पत्रकारहरुसँग कुरा गर्दै यस्तो टिप्पणी गरेका हुृन् । उनले स्थानीय तह निर्वाचनमा एमालेको विजयी सुनिश्चित् भैसकेको पनि दाबी गरे ।

बादलले भने,‘प्रचण्डले आफ्नो हार स्वीकार गरिसकेका छन् । त्यसैले सूर्य विजय हुन्छ भन्ने कुरा त अस्तिको भरतपुरको सभाबाट स्पष्ट भइसकेको छ ।’
यसअघि मतदान गरेपछि मिडियासँगको कुराकानीमा प्रचण्डले निर्वाचनमा हार÷जितलाई स्वाभाविक रूपमा लिनुपर्ने भन्ने अभिव्यक्ति दिएका थिए । बादलले दाहालको उक्त अभिव्यक्तिलाई पनि हार स्विकार गरेकोसँग जोडेर टिप्पणी गरेका छन् ।

उनले भने–‘बिहान पनि उहाँले स्वीकार गरिसक्नुभएको छ । मतदानमा हार जित स्वाभाविक रूपमा लिनुपर्छ भन्नुको अर्थ त्यही हो ।’ बादल नेकपा विवादपछि माओवादी नफर्किएर एमालेमै लागेका थिए ।



प्रतिक्रिया दिनुहोस्

Screenshot