Logo

केशब स्थापित ह्याप्पी मुडमा, गाडी भित्रैबाट सुनिताको अभिवादन (फोटोफिचर)



काठमाडौं, ३० बैशाख । काठमाडौं महानगरमा एमालेबाट मेयरका उम्मेद्धवार केशब स्थापित आफू विजयी हुनेमा निश्चिन्त छन् । उनले आज विहानै मतदान गरेपछि पनि यो कुरा दोहोर्याएका थिए । उनले आफूलाई कमलको फूलसँग पनि तुलना गरेका थिए ।

स्थापितले आफूसँग काठमाडौं महानगरको विकास गर्ने भीजन रहेको बताउँदै आएका छन् । त्यतिमात्रै नभएर आफू टेस्टेड म्यान भएकोले पनि जित सुनिश्चित् भएको उनको दाबी छ । आज भैरहेको स्थानीय तहको निर्वाचनमा देशव्यापी रुपमा उत्साहजनक रुपमा मतदाताहरुको सहभागिता देखिएको छ ।

काठमाडौंमा पनि शान्तिपूर्ण रुपमा मतदान भैरहेको छ । मेयरका उम्मेद्धवार स्थापित र उपमेयरकी उम्मेद्धवार सुनिता डंगोल अपरान्ह पशुपति गौशलास्थित् तिलगंगाको एक मतदान केन्द्रमा पुगेका थिए । उक्त मतदान केन्द्रमा स्थापित ह्याप्पी मुडमा देखिएका थिए।

उनीसँग सेल्फी खिच्नेहरुसँग उनी खुलेर कुरा गरेको पाईन्थ्यो । उता, उपमेयरकी उम्मेद्धवार डंगोल पनि हँसिलो मुद्रामा प्रस्तुत भएको पाईन्थ्यो । उनी त आफू सवार गाडीभित्रैबाट मतदाताहरुलाई अभिवादन गर्न व्यस्त देखिएकी थिईन्।

तस्विर : अमृत पौडेल ‘पेपोट’/रिपोर्टर्स नेपाल डटकम



प्रतिक्रिया दिनुहोस्

Screenshot