Logo

दाङमा १०४ वर्षिया बृद्धाद्वारा मतदान



दाङ, ३० बैशाख । स्थानीय तह निर्वाचनअन्तर्गत दाङको राप्ती गाउँपालिका–३ मा १०४ वर्षीया ज्येष्ठ नागरिक कमला शर्माले मतदान गरेका छन् ।

शर्माले राप्ती–३ मसुरियाको नवज्योती आधारभूत विद्यालय श्रीचौर मतदान केन्द्रबाट मतदान गरेका हुन् ।

उनले ७० वर्षका छोरा गोविन्द शर्माको सहयोगमा मतदान गरेका हुन् ।



प्रतिक्रिया दिनुहोस्