Logo

स्थानीय तहको निर्वाचन शान्तिपूर्ण हुन सकेन : मानवअधिकार आयोग



काठमाडौं, ३० वैशाख : राष्ट्रिय मानव अधिकार आयोगले स्थानीय तह निर्वाचन शान्तिपूर्ण हुन नसकेको बताएको छ । शुक्रबार सम्पन्न स्थानीय तह निर्वाचनको अनुगमनपछि आयोजित पत्रकार सम्मेलनमा आयोगका अध्यक्ष तपबहादुर मगरले निर्वाचन अपेक्षाकृत रुपमा शान्तिपूर्ण हुन नसकेको बताएका हुन् ।

आयोगले गरेको अनुमगन र प्राप्त सूचनाको आधारमा मतदान कार्य अपेक्षाकृत गरे जस्तो शान्तिपूर्ण हुन नसकेको उनले बताए । ‘आयोगले गरेको अनुमगन र प्राप्त सूचनाको आधारमा मतदान कार्य अपेक्षाकृत गरे जस्तो शान्तिपूर्ण हुननसकेको देखिन्छ’ मगरले भने ।

आयोगले ७७ वटै जिल्लामा अनुगमन गरेको जनाएको छ । अध्यक्षसहितको सात वटा उच्चस्तीय टोलीले मतदानको अनुगमन गरेको थियो। उनका अनुसार आयोगको ४५ वटा टोलीले मानव अधिकारको अवस्था बारेमा अनुगमन गरेको छ । ७७ वटै जिल्लामा अनुगमन गरेको थियो । आयोगका अनुसार देशका कतिपय निर्वाचन केन्द्रको मतदान स्थगित गरिएको छ ।



प्रतिक्रिया दिनुहोस्