Logo

रिपोर्टर्स नेपालको चुनावी प्रक्षेपणः कस्ले कति पालिका जित्लान्



काठमाडौं, ३० वैशाख । स्थानीय निकायको निर्वाचन सम्पन्न भएपछि मतगणना सुरु हुन थालेको छ । विभिन्न जिल्लाका पालिकाहरुमा मतगणना सुरु भएको छ भने कतिपय स्थानमा तयारी बढिरहेको छ ।

रिपोर्टर्स नेपालले तयार गरेको चुनावी प्रक्षेपणमा नेपाली काँग्रेसले ३ सय देखि ३३० पालिकामा प्रमुख जित्ने अवस्थामा छ । पाँच वर्ष अघिको चुनावी नतिजा, गठबन्धन भए वा नभएको देखि पछिल्लो मतगणनाको परिवेश समेतलाई केलाएर गरिएको प्रक्षेपणमा काँग्रेस पहिलो हुने देखिएको हो ।

नेकपा माओवादी केन्द्र १२५ देखि १३५ सिट जित्ने अवस्थामा छ । उसले आफू प्रभावशाली भएको क्षेत्रमा गठबन्धन गरेको छैन । नभएको ठाउँमा गठबन्धन गरेर लाभ लिएको छ ।

नेकपा एमालेलाई सबैभन्दा ठूलो धक्का लाग्ने देखिएको छ । उसले अघिल्लो स्थानीय चुनावमा जितेका धेरै पालिका गुमाउने देखिन्छ । एमालेले १३० देखि १४० पालिकामा जित हासिल गनेै देखिएको छ ।

जनता समाजवादी पार्टीले ४० देखि ५० र नेकपा एकीकृत समाजवादी पार्टीले पनि यही अनुपातमा पालिकाहरु जित्ने देखिएको छ ।

राष्ट्रिय जनमोर्चाले ३ देखि ६ पालिकामा मेयर जित्ने प्रक्षेपणले देखाएको छ । नेकपा एसले ४० देखि ५० पालिका जित्न सक्छ । लोकतान्त्रिक समाजवादी पार्टीले १५ देखि २० र राष्ट्रिय प्रजातन्त्र पार्टीले पनि यही अनुपातमा पालिका जित्ने देखिएको छ ।

स्वतन्त्र उम्मेदवारहरुले पनि उल्लेख्य संख्यामा जित हासिल गर्ने अवस्था देखिन्छ । स्वतन्त्रसहित साना दलहरुले ३० देखि ४० पालिकामा जित हासिल गर्ने प्रक्षेपणले देखाएको छ ।



प्रतिक्रिया दिनुहोस्