Logo

काठमाडौं महानगरको मतगणना विहान ८ बजेबाट सुरु गर्ने सहमति



काठमाडौं, ३१ बैशाख । काठमाडौं महानगरपालिकाको मतगणना आज (शनिबार) विहान ८ बजेबाट मात्रै सुरु हुने भएको छ ।

अहिले भर्खरे सम्पन्न सर्वदलीय तथा सर्वपक्षीय बैठकले शनिबार विहान ८ बजेबाट मतगणना गर्ने निर्णय गरेको हो ।

मतपेटिका संकलन गर्न समय लागेकोले आज मतगणना गर्न सुरु ढिलाई भएको जनाईएको छ ।

काठमाडौंमा मेयरमा गठबन्धनबाट मेयरमा कांग्रेसकी उम्मेद्धवार सिर्जना सिंह, नेकपा (एमाले) बाट केशब स्थापित र स्वतन्त्रबाट बालेन शाहबीच कडा प्रतिष्पर्धा हुने आँकलन गरिएको छ ।

 



प्रतिक्रिया दिनुहोस्