Logo

ललितपुरमा काँग्रेसबाट माओवादीलाई ‘घात’ भएको चर्चा



ललितपुर, ३१ वैशाख । ललितपुरमा गठबन्धनमा नेकपा एकीकृत समाजवादी बाहिरिएकोले परिणाम फरक आउने संकेतहरु देखिएको छ । नेपाली काँग्रेस र नेकपा माओवादी केन्द्रको मात्र गठबन्धन भएकाले परिणाम फरक आउने संकेत देखिएको छ ।

ललितपुरको कोञ्ज्योसोम गाउँपालिकामा माओवादीका अध्यक्ष पदका उम्मेदवारले एमालेका उम्मेदवारभन्दा कम मत पाएर पछ्याइरहेका छन् । उपाध्यक्षमा भने काँग्रेसका उम्मेदवारले एमालेका उम्मेदवारलाई पछाडि पारिरहेका छन् । गठबन्धनका माओवादी उम्मेदवारले भन्दा माओवादीका उपाध्यक्ष उम्मेदवारले बढी मत ल्याएर अग्रता लिनुले माओवादीलाई धोका भएको विश्लेषण सुरुमै गर्न थालिएको छ ।

ललितपुर महानगरपालिकामा पनि नेपाली काँग्रेसबाट मेयर र माओवादीबाट उपमेयरका उम्मेदवार छन् । त्यहाँ मेयरका उम्मेदवारले भन्दा उपमेयरका उम्मेदवारले कम मत ल्याउने प्रक्षेपण गरिएको छ ।

महालक्ष्मी नगरपालिकामा पनि काँग्रेस र माओवादीको गठबन्धन भएको छ । महालक्ष्मीमा मेयरका लागि माओवादी उम्मेदवार शिव कट्टेललाई काँग्रेसका मतदाताको मत राम्रो नखसेको विश्लेषण भइसकेको छ । महालक्ष्मीमा नेकपा एमाले र नेकपा एसका उम्मेदवारबीच मेयरमा तिव्र प्रतिष्पर्धा हुने अनुमान गरिएको छ ।



प्रतिक्रिया दिनुहोस्