Logo

शंकरको आरोप-माओवादीको कारण देशभरिका मतगणना केन्द्र तारजालीले घेरिएका हुन्



काठमाडौं, ३१ बैशाख । नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले माओवादीको कारण देशभरिका मतगणना केन्द्र तारजालीले घेरिएको आरोप लगाएका छन् ।

उनले जसरी नि जित्ने मान्यता लोकतान्त्रिक नभएको पनि उल्लेख गरेका छन् । सामाजिक सञ्जाल फेशबुकमा आज टिप्पणी गर्दै पोखरेलले यस्तो धारणा सार्वजनिक गरेका हुन् ।

उनले लेखेका छन्–‘माओवादी केन्द्रकै कारणले देशभरीका मतगणना केन्द्र तारजालीले घेरिएका हुन्। जसरी नि जित्ने मान्यता लोकतान्त्रिक होइन। गम्भीर बनौ।’



प्रतिक्रिया दिनुहोस्