Logo

बन्दिपुर गाउँपालिकामा माओवादी अगाडी, पछ्याउँदै कांग्रेस



तनहुँ, ३१ बैशाख । तनहुँको बन्दिपुर गाउँपालिकाको अध्यक्षमा नेकपा माओवादी केन्द्रले अग्रता लिइरहेको छ । हालसम्म १५०० मत गणना हुँदा अध्यक्ष पदमा निवर्तमान गाउँपालिकाका अध्यक्षसमेत रहेका पुर्णसिं थापाले ४९१ मतसहित अग्रता लिइरहेका छन् ।

उनलाई पछ्याउदै नेपाली कांग्रेसका उम्मेदवार धुर्वलाल प्रधानले हालसम्म ४३१ मत प्राप्त गरेका छन् । त्यस्तै, नेकपा एमालेका उम्मेदवार सुरेन्द्र थापाले ४२३ मत सहित तेस्रो स्थानमा छन् ।

उम्मेदवारबीच निकै कडा प्रतिस्पर्धा देखिएको छ । यसैगरी, उपाध्यक्षमा नेपाली काङ्ग्रेसका उम्मेदवार पञ्चमाया गुरुङले ५०४ मत सहित अग्रता लिइरहेकी छिन् । (एमाले) स्वतन्त्र तर्फको उम्मेदवार केशु गुरुङले २२८ सहित तेस्रो स्थानमा छिन् भने नेकपा मावाओदीको उम्मेदवार करुणा गुरुङ ४५८ मत सहित दोस्रो स्थानमा छिन् ।



प्रतिक्रिया दिनुहोस्

Screenshot