Logo

डडेल्धुरामा मोटरसाइकल दुर्घटना हुँदा एकको मृत्यु



डडेल्धुरा, ३१ बैशाख । डडेल्धुरामा मोटरसाइकल दुर्घटना हुँदा एकको मृत्यु भएको र अर्का एक घाइते भएका छन् ।

भीमदत्त राजमार्गअन्तर्गत अमरगढी नगरपालिका–१ ढुनढुनेमा आज दिउँसो मोटरसाइकल दुर्घटना हुदा एक युवकको घटनास्थलमै मृत्यु भएको हो । डोटीको आदर्श गाउँपालिका घर भई तराईतर्फ जाँदै गर्दा मोटरसाइकल दुर्घटना भएको स्थानीयवासीले बताए ।

मृतक र घाइतेको परिचय खुल्न सकेको छैन । अहिले शव र घाइतेलाई डडेल्धुरा अस्पताल पु¥याइएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस्