Logo

बन्दिपुरमा १६०० मत गन्दा माओवादीको अग्रता कायमै



तनहुँ, ३१ बैशाख । तनहुँको बन्दिपुर गाउँपालिकाको अध्यक्ष पदमा नेकपा माओवादी केन्द्रले अग्रता लिइरहेको छ । हालसम्म वडा. १ र ४ बाट १६०० मत गणना हुँदा अध्यक्ष पदमा निवर्तमान गाउँपालिकाका अध्यक्षसमेत रहेका पुर्णसिं थापाले ५४९ मतसहित अग्रता लिइरहेका छन् ।

नेकपा एमालेका उम्मेदवार सुरेन्द्र थापाले ४८० मत सहित दोस्रो स्थानमा छन् । उनलाई पछ्याउदै नेपाली कांग्रेसका उम्मेदवार धुर्वलाल प्रधानले हालसम्म ४६८ मत प्राप्त गरेका छन् ।

उम्मेदवारबीच निकै कडा प्रतिस्पर्धा देखिएको छ । यसैगरी, उपाध्यक्षमा नेपाली काङ्ग्रेसका उम्मेदवार पञ्चमाया गुरुङले ५५१ मत सहित अग्रता लिइरहेकी छिन् । (एमाले) स्वतन्त्र तर्फको उम्मेदवार केशु गुरुङले ३२१ सहित तेस्रो स्थानमा छिन् भने नेकपा मावाओदीको उम्मेदवार करुणा गुरुङ ५४८ मत सहित दोस्रो स्थानमा छिन् ।

१ न. वडामा ८ सय मत गणना हुँदा माओवादी केन्द्रले अग्रता लिइरहेको छ ।



प्रतिक्रिया दिनुहोस्