Logo

जङ्गलमा शिकारीसँग भिडन्त हुँदा ३ प्रहरीको हत्या



एजेन्सी, ३१ बैशाख । भारतको गुनामा शिकारीहरूसँगको भिडन्तमा गोली लागेर तीन प्रहरीको मृत्यु भएको छ । शिकारीको आक्रमणबाट प्रहरी सहायक निरीक्षक राजकुमार जाटव, प्रहरी जवान नीरज भार्गव र प्रहरी जवान सन्तरामको घटनास्थलमै मृत्यु भएको हो ।

तस्करबाट पाँच मृग र एउटा मयूरको अवशेष बरामद भएको छ । प्रहरी सवार सवारी साधनका चालक गम्भीर घाइते भएका छन् ।

घटना शनिबार बिहान ३ देखि ४ बजेको बीचमा भएको बताइएको छ । प्रहरीको जवाफी फायरिङमा शिकारी नौशाद मेवातीको पनि मृत्यु भएको छ । एसआई राजकुमार जाटवको हातमा गोली लागेपछि पनि उनले कैयौं राउण्ड फायर गरेका थिए ।

घटनाबारे मुख्यमन्त्रीले उच्चस्तरीय बैठक बोलाएका छन् । घटनास्थलमा ढिलो पुगेपछि ग्वालियरका आईजी अनिल शर्मालाई हटाइएको छ । मध्यप्रदेश सरकारले मृतक तीन प्रहरीका परिवारलाई प्रत्येकलाई १ करोड रुपैयाँ क्षतिपूर्ति दिने घोषणा गरेको छ।



प्रतिक्रिया दिनुहोस्