Logo

ताप्लेजुङका आठ स्थानीय तहमा मतगणना जारी



ताप्लेजुङ, ३१ बैशाख । शुक्रबार सम्पन्न स्थानीय तहको निर्वाचनमा ताप्लेजुङ जिल्लाका आठ स्थानीय तहमा मतगणना जारी छ ।

नौ स्थानीय तहमध्ये फक्ताङलुङ गाउँपालिका–७ याङमा, गोला घुन्सा र ग्याप्लाको मतदान केन्द्रको मतपेटिका आउन बाँकी रहेकाले त्यहाँको मतगणना बाँकी रहेको त्यहाँकोे निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

जिल्ला निर्वाचन अधिकारी दिनेश खनालका अनुसार फुङ्लिङ नगरपालिकासहित आठवटा पालिकाको मतगणना सुरु भएको हो ।

जिल्लाका ८९ हजार ६८० मतदातामध्ये ६४ प्रतिशत अर्थात् ५७ हजार ८९१ मत खसेको थियो । यता मेरिङ्देन गाउँपालिका–६ नाल्बुमा भने नेकपा एमालेका मनोजकुमार तुम्बाहाम्फेसहितको टोलीले बिजयी भएको छ।



प्रतिक्रिया दिनुहोस्