Logo

भक्तपुरमा मादलमा एकछापे मत, बदर मत पनि कम



काठमाडौं, ३१ वैशाख । भक्तपुर नगरपालिकामा नेपाल मजदूर किसान पार्टी जित्ने निश्चितप्रायः देखिएको छ । प्रारम्भिक मतगणनामै नेमकिपाका मेयर र उपमेयरका उम्मेदवारहरुले निकटतम प्रतिद्वन्द्वीहरुलाई निकै पछि पारेका छन् ।

मादलमा एक छापे मत गएको बुझिएको छ । यसकारण मेयर र उपमेयरको मत उस्तै छ । मेयरका उम्मेदवार सुनिल प्रजापतीले २०१५ मत ल्याउँदा उमपेयरकी रजनी जोशीले २०१७ मत ल्याएकी छिन् । एकछापे मत भएकाले बदर मत पनि कम छ ।

भक्तपुर नेमकिपाको पकड रहेको नगरपालिका हो । त्यहाँ नेमकिपाले चुनावमा पनि सफलता पाउने गरेको छ ।



प्रतिक्रिया दिनुहोस्