Logo

स्थानीय चुनावमा काँग्रेस पहिलो, एमाले दोस्रो र माओवादी तेस्रो बन्ने संकेत



काठमाडौं, ३१ वैशाख । स्थानीय निकायको निर्वाचनको प्रारम्भिक परिणामहरुले नेपाली काँग्रेस सबैभन्दा बढी पालिकाहरुमा विजयी हुने देखिएको छ । अहिलेसम्म मतगणना भइरहँदा काँग्रेसले २ सय भन्दा बढी स्थानमा अग्रता लिइरहेको छ ।

काँग्रेस ३ पालिकामा विजयी बन्दा २३४ पालिकामा अग्रता लिइरहेको छ । यही अनुपातमा मत परिणाम प्राप्त भए काँग्रेस सबैभन्दा अगाडि देखिने निश्चितप्रायः छ ।

नेकपा एमालेले १५८ स्थानहरुमा अग्रता लिएको छ । नेकपा माओवादी केन्द्रले १ स्थानमा जित निकालेको छ । उसले ८९ स्थानमा अग्रता बनाएको छ ।

जसपाले १५ मा अग्रता लिएको छ । लोसपाले ७ मा अग्रता लिएको छ । अन्य दल र स्वतन्त्रले २१ स्थानमा अग्रता लिएका छन् ।



प्रतिक्रिया दिनुहोस्