Logo

खोटाङको दिप्रुङ चुईचुम्मा गाउँपालिका वडा नं.-१ कांग्रेसका खत्री वडा अध्यक्षमा विजयी



काठमाडौं, ३१ वैशाख । हिजो सम्पन्न स्थानीय तह निर्वाचनमा खोटाङको दिप्रुङ चुईचुम्मा गाउँपालिका वडा नं.-१ बाट नेपाली कांग्रेसका केशब पौडेल खत्रीकेा प्यानल नै झिनेा मतान्तरले विजयी भएको छ ।

निर्वाचित खत्रीले ३९२ मत प्राप्त गरेका छन् । उनीसँगै सदस्यहरूमा धुम्ब ब. कार्की, विदुर खत्री, कला राई र सर्मिला वि. क. विजयी भएका छन् । उनका निकटतम् प्रतिद्वन्द्वी माओवादी केन्द्रका राजेन्द्र राईले ३८० मत प्राप्त गरेका छन् ।

यसअघि नेपाली कांग्रेसबाट यसै वडाका भुपेन्द्र राईले करिब १ हजार मतान्तरले गाउँपालिका अध्यक्षमा र शमशेर बहादुर कार्कीले २५० भन्दा बढी फराकिलो मतान्तरले वडा अध्यक्षमा विजयी भएका थिए । शुरूवाती यो नतिजासँगै पालिका अध्यक्षको लागी कडा टक्कर हुने निश्चित भएको छ ।

 

 



प्रतिक्रिया दिनुहोस्