Logo

काठमाडौं महानगरको मतगणना जारी : बालेन शाहको अग्रता फराकिलो



काठमाडौं, ३१ बैशाख । काठमाडौं महानगरमा मतगणना जारी छ । अहिलेसम्म २२ सय ९० मत गणना भैसकेको छ । मेयरका स्वतन्त्र उम्मेदवार बालेन शाहले ७६८ मतका साथ अग्रता कायमै राखेका छन् ।

भर्खरै सार्वजनिक मतपरिणाम अनुसार शाहले ७६८ मत प्राप्त गरेका हुन् । उता, एमालेका उम्मेदवार केशव स्थापितले भने ५५० मत ल्याएका छन् । त्यस्तै, कांग्रेसकी सिर्जना सिंहले ४२१ मत प्राप्त गरेकी छिन् ।

राप्रपाका मदनदास श्रेष्ठले १०५ मत ल्याएका छन् भने स्वतन्त्र उम्मेदवार सुमन सायमीले १०४ मत पाएका छन्। काठमाडौं महानगरमा मेयरका उम्मेद्धवार शाहले सुरुवातदेखि नै अग्रता लिएका हुन् । विवेकशील साझाकी समीक्षा बाँस्कोटाले १६ मत ल्याएकी छन्।

 



प्रतिक्रिया दिनुहोस्