Logo

मेस्सी र एमबाप्पे चम्किदा पीएसजीको शानदार जीत



 एजेन्सी । फरवार्डद्वय लियोनल मेस्सी र केलियन एम्बाप्पे चम्किदा पेरिस सेन्ट जर्मन (पीएसजी)ले फ्रेन्च लिग वानमा शानदार जीत निकालेको छ । शनिबार राति भएको खेलमा मोन्टपेलिएरलाई ४-० गोलले पराजित गरेको हो ।
स्टाडे डेला मोसनमा भएको खेलमा पीएसजीलाई जीत दिलाउन मेस्सीले दुई गोल गर्दा एम्बाप्पे र एन्जल डि मरियाले एक/एक गोल गरे । खेलको छैटौं मिनेटमा एमबाप्पेको पासमा मेस्सीले गोल गर्दै पीएसजीलाई शुरुवाती अग्रता दिलाएका थिए ।
२० औं मिनेटमा एमबाप्पेकै पासमा मेस्सीले व्यक्तिगत दोस्रो गोल गर्दै पीएसजीको अग्रता दोब्बर बनाए । २६ औं मिनेटमा डि मारियाले गोल गर्दै पीएसजीलाई सहज जीततर्फ अगाडि बढाए । यस्तै ६० औं मिनेटमा एमबाप्पेले पेनाल्टीमा गोल गर्दै पीएसजीलाई ४-० गोलको जीत दिलाए ।
जीतसँगै पीएसजी ३७ खेलबाट ८३ अङ्क जोड्दै लिगको शिर्ष स्थानमा यथावत छ । समान खेलबाट ४३ अङ्क जोडेको मोन्टपेलिएर १३ औं स्थानमा रहेको छ ।


प्रतिक्रिया दिनुहोस्