Logo

जुम्लाको गज्र्याङकोटमा मतदान पुनः सुरु



जुम्ला, १ जेठ । जुम्लाको गुठचौर गाउँपालिका–३ गज्र्याङकोटमा आज पुनः मतदान सुरु भएको छ ।

गत बैशाख ३० गते झडपको कारण स्थगित भएको मतदान आज कडा सुरक्षाबीचमा सुरु भएको हो ।

मतदान केन्द्र शंकर माध्यमिक विद्यालयको निकै कडा सुरक्षा व्यवस्था बनाइएको छ ।

१००७ मतदाता रहेको मतदान केन्द्रमा ३२० मत खसिसकेको पछि झडप भएको थियो । निर्वाचन स्थगित भएपछि पुनः मतदान गरिएको हो ।



प्रतिक्रिया दिनुहोस्