Logo

भरतपुर–१ मा कांग्रेसका महर्जन विजयी



भरतपुर, १ जेठ । भरतपुर महानगरपालिका–१ मा नेपाली कांग्रेसका उम्मेदवार केशव महर्जन विजयी भएका छन् । ३२७७ मतगणना हुँदा उनले १३९७ मतसहित निर्वाचित भएका हुन् ।

उनका प्रतिस्पर्धी नेकपा एमालेका शुक्रकुमार श्रेष्ठले १३१३ मत प्राप्त गरेका छन् । मेयरमा रेनु दाहाल १२१ मतसहित अग्रता लिइरहेकी छिन् । उनका प्रतिद्धन्द्धी विजय सुवेदीले १०८७ मत प्राप्त गरेका छन् । स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेले ४३० मत ल्याएका छन् ।

 



प्रतिक्रिया दिनुहोस्