Logo

बझाङको साइपाल गाउँपालिकामा एमाले विजयी



बझाङ, जेठ १ । जिल्लाको साइपाल गाउँपालिकामा एमाले विजयी भएको छ। एमाले उम्मेदवार मानबहादुर बोहरा ६ सय ७५ मत ल्याएर गाउँपालिका अध्यक्षमा विजयी भएका छन् । कांग्रेस उम्मेदवार उजेल बोहरा ६ सय १३ मत ल्याएर पराजित भएका छन्।

उपाध्यक्षमा पनि एमालेकी डोल्मा तामाङ ६७५ मत ल्याएर विजयी भएकी छन्। उनकी प्रतिस्पर्धी बाटु बोहराले ६१९ मत पाएकी थिइन्।

वडागत रूपमा हेर्दा वडा नम्बर १ मा प्यानलसहित नेकपा एमालेका नरेन्द्र धामी विजयी भएका छन्। वडा नम्बर २ मा गठबन्धनका कांग्रेस उम्मेदवार हरिलाल बोहरा विजयी भएका छन्।

वडा नम्बर ३ मा एमालेका उम्मेदवार गोरख बोहरा प्यानलसहित विजयी भएका छन्। वडा नम्बर ४ मा गठबन्धन (नेपाली कांग्रेस) बाट जयसिंह रोकाया प्यानलसहित विजयी भएका छन्। वडा नम्बर ५ मा नेकपा एमालेका उम्मेदवार जयपाल बोहरा प्यानलसहित विजयी भएका छन्।



प्रतिक्रिया दिनुहोस्

Screenshot