Logo

भक्तपुरका विद्यालयमा २ दिन बिदा नगर्न निर्देशन



भक्तपुर, १ जेठ । भक्तपुर नगरपालिकाले विद्यालयहरु साताको दुई दिन बिदा नगर्न निर्देशन दिएको छ ।

नगरपालिकाले सरकारले आजदेखि लागु गरेको शैक्षिक संस्थाहरु शनिबार र आइतबार बिदा दिने निर्णयको विपक्षमा सबै सामुदायिक र नीजि विद्यालयलाई निर्देशन दिएको हो ।

नगरपालिकाले आज एक सुचना जारी गर्दै अर्को सुचना नआएसम्मको लागि साबिक बमोजिम नै विद्यालय सञ्चालन गर्न र गराउन आग्रह गरेको हो ।

जारी सुचनामा भनिएको छ, ‘२०७९ जेठ १ गतेदेखि लागु हुने गरी हप्तामा दुई दिन प्रत्येक शनिबार र आइतबार बिदा दिने निर्णय भएतापनि भक्तपुर नगरपालिकाबाट अर्को सुचना जारी नभएसम्मको लागि साबिकबमोजिम नै विद्यालय सञ्चालन गर्न र गराउनुहुन अनुरोध छ ।’



प्रतिक्रिया दिनुहोस्

Screenshot