Logo

बाग्लुङको तमानखोलाको अध्यक्षमा कांग्रेसका बुढा विजयी



बाग्लुङ, १ जेठ । बाग्लुङको तमानखोलामा गाउँपालिकाको अध्यक्षमा नेपाली कांग्रेसका जोकलाल बुढा विजयी भएका छन् । गत वर्षको स्थानीय तहको निर्वाचनमा निर्वाचित बुढाले २७०७ मत ल्याएर पुनः अध्यक्षमा निर्वाचित भएका हुन् ।

धादिङको धेरै स्थानमा कांग्रेस–माओवादी बीच तालमेल भएपनि तमानखोलामा भने दुई पार्टी प्रतिस्पर्धामा थिए । त्यस्तै, उपाध्यक्षमा कांग्रेसकी हिरा कुमारी छन्त्याल २७१९ मत ल्याएर निर्वाचित भएकी छिन् ।

उनकी प्रतिद्धन्द्धी माओवादी केन्द्रकी निसु रसाइलीले १९५८ मत प्राप्त गरेकी छिन् ।



प्रतिक्रिया दिनुहोस्