Logo

टिकटकको विकल्पमा नयाँ एप आयो



काठमाडौं, १ जेठ । नेपालमा नयाँ एप सार्वजनिक भएको छ । उदयमान इन्जिनियरहरु विकिरण सिंखडा र अशोक धमालाको नेतृत्वमा निर्माण भएको ‘नेप्ले एप’ सार्वजनिक भएको हो ।

छोटो समयमा नै नेप्ले एपलाई सर्वाधिक रुचाइएको छ । आफ्नो कला देखाउने एपको अभावमा यो नयाँ एपले प्रयोगकर्ताहरुले भरपुर मनोरन्जन लिन सक्ने ई.धमला बताउँछन् ।

आफ्नो कला शो गर्न पछिल्लो समयमा टिकटकमात्र भएको भन्दै नेपालमा नै यसको विकल्पमा नयाँ एप लन्च गरेको ई.सिंखडाले सुनाए । एपमा प्रयोगकर्ताहरुले आफ्नो क्षमता शो गर्न सक्नेछन् । त्यस्तै, एपमा आफ्नो भिडियोहरु अपलोड गर्न र साथीहरुलाई समेत शेयर गर्न सक्नेछन् ।

भने एपमा प्रयोगकर्ताहरुले आफ्नो प्रोफाइल इडिट गर्न, फोटो तथा भिडियो सजिलै अपलोड गर्न, ह्यासट्याट एण्ड मेन्सन गर्न, च्याट गर्न, धेरै भाषा छनौट गर्न र सोसल लगइन गर्न सकिने विशेषता रहेका छन् । यसको लागि प्लेस्टोरमा गएर नेप्ले डाउनलोड गर्न सकिन्छ ।

Download link :

https://apps.apple.com/us/app/neplay/id1599105026



प्रतिक्रिया दिनुहोस्