Logo

रुकुमको पश्चिमको चौरजहारीमा माओवादीको अग्रता



रुकुम, १ जेठ । रुकुमको चौरजहारी नगरपालिकामा नेकपा माओवादी केन्द्रले लिड गरिरहेको छ । माओवादीका उम्मेदवार पुष्प वादीले अहिलेसम्म १८५० मत प्राप्त गरेका छन् ।

त्यस्तै, कांग्रेसका उम्मेदवार प्रेमबहादुर ओलीले १६५५ मत ल्याएर उनलाई पछ्याउदै छन् । जनता समाजवादीका प्रशाराम खत्रीले १ मत प्राप्त गरेकाछन् ।

त्यस्तै, उपमेयरमा पनि माओवादी नै अगाडी रहेको छ । माओवादीको इश्वरी शर्माले १८९६ मत प्राप्त गरेकी छिन् भने एमालेका टंकप्रसाद ओलीले १४३४ मत प्राप्त गरेका छन् ।



प्रतिक्रिया दिनुहोस्

Screenshot