Logo

भरतपुर महानगर अपडेट : रेनु दाहाल एमालेका विजय सुवेदी भन्दा १४ मतले पछि परिन्



काठमाडौं, १ जेठ । भरतपुर महानगरमा मतगणना जारी छ । अहिलेसम्म ७ हजार ४ सय ७७ मत गणना भएको छ । जसमा एमाले राप्रपा गठबन्धनका मेयरका उम्मेद्धवार विजय सुवेदीले अग्रता लिएका छन् ।

सुवेदीले २६ सय ९३ मत ल्याएका छन् । सत्ता गठबन्धनबाट मेयरकी उम्मेद्धवार बनेकी दाहालले २६ सय ७९ मत ल्याएकी छन् । पछिल्लो चरणमा रेनु विजयसँग मतमा पछि परेकी हुन् ।

उता, स्वतन्त्र उम्मेद्धवार जगन्नाथ पौडेलले ८६३ मत ल्याएका छन्। उपमेयरमा भने सत्ता गठबन्धनबाट कांग्रेसका उम्मेद्धवार चित्रसेन अधिकारीले अग्रता फराकिलो बनाएका छन् ।

उनले २९ सय ६५ मत ल्याएका छन्। त्यस्तै एमाले राप्रपा गठबन्धनकी साझा उम्मेद्धवार हिमला गुरुङले २१ सय ४४ मत ल्याएकी छन्।



प्रतिक्रिया दिनुहोस्