Logo

ताप्लेजुङको फक्ताङलुङ गाउँपालिकाको अध्यक्ष माओवादी केन्द्रले जित्यो



काठमाडौं, २ जेठ । ताप्लेजुङको फक्ताङलुङ गाउँपालिकाको अध्यक्षमा नेकपा (माओवादी केन्द्र) का राजन लिम्बुले जितेका छन् । उनले २६६० मत प्राप्त गर्दै विजय सुनिश्चित गरेका हुन् । लिम्बुसँग पराजित नेकपा (एमाले) का सरोज लिम्बुले भने २३१२ मत ल्याए ।

त्यस्तै, उपाध्यक्षमा नेपाली कांग्रेसका रबिन साम्रा लिम्बु विजयी भएका छन्। उनले २३५८ मत प्राप्त गरेका छन्। उनको निकटतम प्रतिष्पर्धी एमालेकी शान्ति माया लिम्बुले २२१२ मत प्राप्त गरिन्।



प्रतिक्रिया दिनुहोस्