Logo

सोलुखुम्बुको सोताङ गाउँपालिकाको अध्यक्ष र उपाध्यक्ष दुवैमा कांग्रेस विजयी



काठमाडौं, २ जेठ । सोलुखुम्बुको सोताङ गाउँपालिकाको अध्यक्ष र उपाध्यक्ष दुवै नेपाली कांग्रेसले जितेको छ । अध्यक्षमा खिलराज बस्नेत र उपाध्यक्षमा अञ्जु नाछिरिङ राई विजयी भएका हुन् ।

बस्नेतले १६४८ मत ल्याएका छन् । उनका निकटतम प्रतिष्पर्धी नेकपा (एमाले) का प्रकाश कार्कीले १५२० मत ल्याए । त्यस्तै, माओवादी केन्द्रका दीपक खड्काले १३५३ मत पाएका छन् ।

उपाध्यक्षमा विजयी भएकी कांग्रेसकी अञ्जु नाछिरिङ राईले १६६९ मत पाइन् । उनको निकटतम प्रतिद्वन्द्वी एमालेकी मनसरि राईले १६३४ मत ल्याउँदा माओवादी केन्द्रकी सरस्वती राईले ११८५ मत पाएकी छन् ।



प्रतिक्रिया दिनुहोस्