Logo

रोल्पा नगरपालिकाको मेयर र उपमेयर दुवै माओवादी केन्द्रले जित्यो



काठमाडौं, २ जेठ । रोल्पा नगरपालिकाको मेयरमा नेकपा (माओवादी केन्द्र) का सुरेन्द्र थापा घर्ती विजयी भएका छन् । उनले ७ हजार ६ सय तीन मत प्राप्त गरेका छन् । उनले निकटमत प्रतिद्वन्द्वी नेपाली कांग्रेसका शेरबहादुर थापालाई पराजित गरेका छन् । शेरबहादुरले ३ हजार ६ सय ५८ मत प्राप्त गरे ।

मेयरमा एमालेका उम्मेद्धवार घनश्याम आचार्यले ५ सय २४ मत प्राप्त गरेका छन्। उपमेयरमा पनि माओवादी केन्द्रकी गिता आचार्य विजयी भएकी छिन्। उनले ७ हजार ७ सय ४१ मत प्राप्त गरिन्। कांग्रेसकी पुष्पा श्रेष्ठले तीन हजार ७ सय १९ मत प्राप्त गरेकी छिन्।



प्रतिक्रिया दिनुहोस्