Logo

धनकुटामा काँग्रेसलाई पालिका जिताएर सुनिल थापा बने प्रभावशाली



काठमाडौं, २ जेठ । धनकुटामा ७ पालिकामध्ये नेपाली काँग्रेसले २ पालिका जितिसकेको छ । छत्तरजोरपाटी र सानगुगिगाडी गाउँपालिकामा काँग्रेसले अध्यक्ष जितेको छ ।

धनकुटामा गठबन्धन भएकोमा काँग्रेसको भागमा परेको पालिकामध्ये २ मा जित निकालेको हो । यसरी महालक्ष्मी नगरपालिका र पाख्रिवास गाउँपालिकामा पनि काँग्रेसले मतान्तरले अग्रता लिइरहेको छ । धनकुटामा काँग्रेस पछाडि रहेपनि एमालेसँग कडा प्रतिष्पर्धा भइरहेको छ ।

राष्ट्रिय प्रजातन्त्र पार्टी छाडेर काँग्रेसमा गएका पूर्वमन्त्री सुनिल थापाले धनकुटामा बलियो प्रभाव देखाएका छन् । उनले काँग्रेस लडेको पालिकाहरु जिताउने अवस्था बनाएका छन् । धनकुटामा राप्रपा निकै कमजोर देखिएको छ ।

सुनिल थापा पूर्व प्रधानमन्त्री सुर्यबहादुर थापाका छोरा हुन् । उनी धनकुटाबाट संसदीय चुनाव जितिसकेका नेता हुन् ।



प्रतिक्रिया दिनुहोस्