Logo

वडा जित्ने एमाले मतान्तर बढाउने बालेन



काठमाडौं, २ जेठ । बालेन साह जहाँ नेकपा एमालेको गढ छ त्यहाँ मत बढी ल्याइरहेका छन् । काठमाडौं महानगरपालिकाको जारी मतगणनामा एमालेका केशव स्थापितले बढी मत आशा गरेको वडाहरुमा बालेनले भारी मत ल्याएका छन् ।

पछिल्लो मतगणना अनुसार बालेनले ६ हजार २०७ मत ल्याएका छन् । केशव स्थापितले ३ हजार २४३ मत ल्याएका छन् । वडा नं १, २ र ३२ मा एमालेले प्यानलसहित वडा जितेको छ ।

विगतमा पनि वडा नं १ र २ मा एमालेले वडाध्यक्ष जितेको थियो । ती वडाहरुमै बालेन बलियो देखिएका छन् । मतगणनामा बढी मतपत्रमा एक मत बालेनलाई र बाँकी पदमा अन्य उम्मेदवारलाई गएको देखिएको बुझिएको छ ।



प्रतिक्रिया दिनुहोस्