Logo

स्थापित भन्दा ३ हजार मतान्तरसहित बालेन अगाडी



काठमाडौं, २ जेठ । काठमाडौं महानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवार बालेन शाहले अग्रता कायमै राखेका छन् ।

महानगरको १४ हजार ७ सय ७८ मत गणना गर्दासम्म शाहले ६४८६ मत प्राप्त गरेका छन् ।

उनका प्रतिद्धन्द्धी एमालेका उम्मेदवार केशव स्थापितले ३४१३ मत प्राप्त गरेका छन् ।

गठबन्धनकी उम्मेदवार सिर्जना सिंहले ३००९ मत प्राप्त गरेकी छिन् ।



प्रतिक्रिया दिनुहोस्