Logo

अछाममा भाइलाई हराउँदै दाजु बने पालिका अध्यक्ष



अछाम, २ जेठ : अछामकाे बान्‍नीगढी जयगढ गाउँपालिकामा दाइले भाइलाई पराजित गरेका छन् । कांग्रेसका टेकबहादुर साउदले एमालेका लाेकबहादुर साउदलाई ४ सय ९८ मतान्तरले पराजित गरेका हुन् ।

टेक ३ हजार ११२ मतसहित विजयी हुँदा लाेकले २ हजार ६१४ मत मात्र पाए । बान्‍नीगढ-३ बर्दादेवी धारासैन घर भएका साउँद दाजुभाइ फरक-फरक पार्टीबाट उम्मेदवार बनेका थिए । एउटै खलकका उनीहरुका बुवा दाजुभाइ हुन् ।

टेक कांग्रेस अछामको पूर्वपार्टी सचिव हुन् भने एमाले बान्‍नीगढ गाउँपालिकाका निवर्तमान उपाध्यक्ष हुन् । उपाध्यक्षमा भने एमालेका विन्दु रावल निर्वाचित भएकी छन् । रावल २ हजार ७ सय ३१ मतसहित निर्वाचित हुँदा निकटतम प्रतिस्पर्धी माओवादी केन्द्र उम्मेदवार निर्मला साउँदले २ हजार ७ सय १७ मत पाइन् ।

 



प्रतिक्रिया दिनुहोस्