Logo

धनुषाको धनौजीमा झडप, स्थिति नियन्त्रणमा लिन २५ राउण्ड हवाइ फायर



धनुषा, २ जेठ । धनुषाको धनौजी गाउँपालिकामा मतगणनाको क्रममा उत्पन्न भएको विवाद हुँदा झडप भएको छ ।

खसेको मत भन्दा बढी मतपत्र भेटिएपछि विवाद सिर्जना भई झडप भएपछि स्थिति नियन्त्रणमा लिन प्रहरीले २५ राउण्ड हवाइ फायर गरेको जनाएको छ ।

मतगणनास्थलमा नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेना परिचालन गरिएको छ ।

 



प्रतिक्रिया दिनुहोस्