Logo

भारतीय प्रधानमन्त्री मोदी लुम्बिनी भ्रमणमा निस्किए, परराष्ट्रमन्त्री डा. खड्काले स्वागत गर्ने



काठमाडौं, २ जेठ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी केहीबेरमा नै लुम्बिनी अवतरण गर्ने भएका छन् ।

बुद्ध जयन्तीको अवसरमा मोदीले आज नेपाल भ्रमण गर्न लागेका हुन् ।

उनी भारतबाट नेपालका लागि प्रस्थान गरिसकेका छन् ।

भारतको कुशीनगरबाट इन्डियन एयर फोर्सको हेलिकप्टरमार्फत लुम्बिनीमा अवतरण गर्ने कार्यक्रम तय भएको छ ।

यो भारतबाट प्रधानमन्त्रीस्तरमा हुन लागेको पहिलो लुम्बिनी भ्रमण हो ।

मोदीको स्वागतका लागि प्रधानमन्त्री शेरबहादुर देउवा हिजो (आइतबार) नै लुम्बिनी पुगिसकेका छन् ।

मोदी लुम्बिनीमा करिब ६ घण्टा बिताएर आजै भारत फर्किने जनाईएको छ ।

भ्रमणका क्रममा प्रधानमन्त्रीस्तरमा तथा प्रतिनिधिमण्डलस्तर दिपक्षीय भेटवार्ता र बुद्ध बिहारको शिलान्यास गर्ने लगायतका कार्यक्रमहरू तय भएका छन् ।

मोदीलाई परराष्ट्रमन्त्री डा. नारायण खड्काले स्वागत गर्ने पनि जनाईएको छ ।



प्रतिक्रिया दिनुहोस्